काठमाडौं । स्वास्थ्य बिमा बोर्डले आफ्नो दरबन्दी कायम रहेको स्थानमा जान कर्मचारीहरुलाई निर्देशन दिएको छ।
बोर्डले केन्द्रमा रहेका र केही जिल्लाका स्वास्थ्यकर्मीलाई साउन महिनाभित्र दरबन्दी भएको ठाउँमा फर्किसक्न भनेको छ। काठमाडौं बाहिरका जिल्लाका स्वास्थ्यकर्मीहरुलाई भने १५ भदौंसम्म फिर्ता भइसक्न निर्देशन दिएको हो ।
यस्तै, पाँचथर, सर्लाही, सप्तरी, दोलखा, लमजुङ, पर्वत, प्युठान, डोल्पा र डोटी जिल्लामा काजका स्वास्थ्यकर्मी मात्रै भएका कारण उनीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि सोही ठाउँमा काम गर्न भनेको हो ।