काठमाडौं । धरानमा डेंगु संक्रमणका कारण वैशाखदेखी ११ जनाको मृत्यु भइसकेको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका छन् । मृतक ११ जनामध्ये एकजना उदयपुरका छन् । बाँकी १० जना धरानका हुन् ।