काठमाडौं । बालयौन दुरुपयोग गरेको आरोपमा हुम्लाको सिमिकोट गाउँपालिका–६ घर भएका ४१ वर्षीय दत्तसिंह बुढा पक्राउ परेका छन् ।
उनले ललितपुरको बुङमतीमा ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टर सञ्चालन गर्दै आएका थिए। सोही चाइल्ड केयर सेन्टरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई उनले यौन दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
बालयौन दुरुपयोग नगर्न भन्दा उल्टै कुटपिट समेत भएको पाइएको प्रहरीले जनाएको छ।