काठमाडौं । रुकुमपूर्वको सिस्ने गाउँपालिका १ मा गाउँपालिकाको आयोजनामा विशेष स्वस्थ्य शिविर सञ्चालन गरिएको छ । सडक सञ्जालले नछोएको उक्त वडाका गर्भवती महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखि विशेष स्वस्थ्य शिविर सञ्चालन गरिएको हो।
गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीका अनुसार साउन २० मा सिस्ने १ की गर्भवती महिलाको ज्यान गयो । आमा र बच्चा दुवैको ज्यान बचाउन गरिएका सवै प्रयास असफल भए । अध्यक्ष रेग्मीले भने, ‘भौगोलिक विकटता, स्वास्थ्य शिक्षाको कमि र अन्ध विश्वासका कारण २५ वर्षीया सपना बुढाले अल्पआयुमै ज्यान गुमाउनु पर्यो । आगामि दिनमा यस्ता घटना बढन नदिन गाउँमै डाक्टर सहितको स्वास्थ्य शिविर सञ्चालन गरेका हौं।’
उनकाअनुसार स्वास्थ्य शिविरमा रुकुम पूर्व अस्पतालका डाक्टर अनिश श्रेष्ठसहित स्वास्थ्य कार्यालय रुकुम पूर्वका जनस्वास्थ्य निरिक्षक यादव शर्मा, स्वास्थ्यचौकी प्वाङका इन्चार्ज काशिराम खड्का, सिनियर अनमि कल्पना झाक्री, सिस्ने स्वास्थ्यचौकीका प्रमुख काशिराम ओलीलगायतको उपस्थितिमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।