काठमाडौं । आजदेखी सुरु गर्ने भनिएको डा. गोविन्द केसीको अनसन एक महिनाका लागि स्थगित भएको छ ।
उनको माग पुरा गर्नका एक महिनाको समय सरकारले मागेपछि उनको अनसन आगामी भदौं २९ गतेसम्मका लागि स्थगित भएको हो ।
हाललाई सरकारले औपचारिक रुपमा प्रतिबद्धताहरु कार्यान्वयनका लागि समय मागेकाले हामीले आजका लागि घोषणा गरेको सत्याग्रह एक महिनाका लागि स्थगित गरेका छौं। उक्त समयमा प्रतिबद्धताअनुसार मागहरु पूरा भएर कार्यान्वयनमा नगराएमा भदौ २९ गतेदेखि सत्याग्रहलगायत आन्दोलनका कडा कार्यक्रमहरु शुरु गर्ने पनि जानकारी गराउन चाहन्छौं, डा.केसीले विज्ञप्ती जारी गर्दै भनेका छन् ।