काठमाडौं । अनुमति नलिई सञ्चालित जनकपुर न्यूरो हस्पिटमा स्वास्थ्य सेवा विभागले सोमबार अनुगमन गरेको छ।
स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोली सोमबार हस्पिटल पुगेको थियो।
यस हस्पिटलमा विभागबाट स्वीकृति लिएर मात्र अस्पताल सञ्चालन हुनुपर्नेमा कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालन गरिएको र उपचारमा लापरबाहीका कारण केही बिरामीको मृत्यु भएको समेत पाइएको छ।
सोमबार विहान ८ बजे हस्पिटलमा पुगेको टोली करिब ३ घण्टासम्म हस्पिटलमा रहेको थियो।