काठमाडौं । लायन्स क्लब अफ बर्दिबास समाज र ओम समाज डेन्टल हस्पिटल बर्दिबासको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेको ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. घिमिरेले जानकारी दिए ।

घिमिरेले सानो सहयोगले कसैको जीवन दान हुने भन्दै यो रक्तदान कार्यक्रम गरिएको बताउदै कार्यक्रम सफल बनाउन मद्दत गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त समेत गरे ।
कार्यक्रममा लायन्स क्लब अफ बर्दिबास समाजका दिपक महतो, ओम समाज डेन्टल हस्पिटल का अधक्ष्य डा।सुभाष घिमिरे, लाएन्स क्लवका वरिष्ठ व्यक्तित्व लगायत थुप्रै समाजसेवीहरुको समेत सहभागीता रहेको थियो ।
