काठमाडौं । एमबिबिएस अध्ययन गर्नका लागि नक्कली प्रमाणपत्र बनाएको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले ७ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्र विरुद्ध सञ्चालन गरेको अप्रेशन अनुसार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाडौँकी २९ वर्षीया एरिना शाह, इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडौँका २८ वर्षीया पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर रहेका छन्।
उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।