काठमाडों । नवजात शिशुलाई अस्पतालबाटै गायब गराएको आरोपमा प्रहरीले डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो।
विराटनगरको ग्रिनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गराएको आरोपमा अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका -४ घर भएका २७ वर्षीय गोबिन्द राईलाई प्रहरीले पक्राउ गरेको हो।
सरकारी अवकाश प्राप्त ती चिकित्सककै सल्लाहमा २६ वर्षीया गर्भवती महिलाले उक्त अस्पतालमा गर्भ परीक्षण गराउँदै आएकी थिईन्।