काठमाडौं । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा उत्रिएका छन् । शान्तिपूर्ण आन्दोलन गर्दा माग सम्बोधन नभएपछि काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । ती डाक्टरले साउन ३१ बाट डिउटी छाडेर आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षयता बढेको छैन । महंगी अनुसार न्यूनतम जीवन निर्वाह भत्ताको वृद्धिको मागसहित शान्तिपूर्ण आन्दोलन गर्दा सम्बोधन नभएपछि काम छाडेर आन्दोलनमा उत्रिएको आन्दोलनरत चिकित्सकहरु बताउँछन् ।
महंगी अनुसार मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्ने आन्दोलनरत डाक्टरहरुको माग छ ।इन्टर्न डाक्टरहरु गत असार १ गतेदेखि आन्दोलनमा थिए ।