काठमाडौ । वर्षामा सौन्दर्य जोगाउने चुनौती यति मात्रै होइन । यो मौसममा ओसिलोपन पनि बढी हुने भएकाले छालामा विभिन्न संक्रमणको जोखिम पनि हुन्छ ।
खासगरी चिल्लो छाला हुनेहरूलाई यसले सताउन सक्छ । अर्कातर्फ, मौसमी तापमान बढ्ने हुँदा शरीरमा पसिना आउँछ । यसले बाहिरी प्रदूषणलाई सोस्छ र छालाको रोमछिद्र बन्द गरिदिन्छ ।
यसैगरी वर्षामा संक्रमणको भय उच्च हुन्छ । पिउने पानी वा खानेकुराको माध्यमबाट पनि संक्रमण फैलन सक्छ । जब शरीरमा कुनै किसिमको संक्रमण हुन्छ, त्यसको सोझो असर हाम्रो छालामा पर्छ ।
टी ट्री आयल
टी ट्री तेलमा एन्टिमाइक्रोबियल तथा एन्टिइन्फ्लेमेटरी गुण हुन्छ, जसले छालाको एलर्जीबाट राहत दिन्छ ।
एलोभेरा
ताजा एलोभेरा छालामा लगाउने । यदि घरमा एलोभेराको बिरुवा छैन भने बजारबाट राम्रो गुणस्तरको जेल किन्न सकिन्छ। एलोभेरा जेल छालामा लगाएको केही दिनमा चिलाउने समस्याबाट मुक्ति मिल्छ ।
बेकिङ सोडा
एक चम्चा बेकिङ सोडामा थोरै पानी मिसाएर पेस्ट बनाउने र एलर्जी भएको ठाउँमा लगाउने । १० मिनेट पछि पखाल्ने । यो उपाय दिनमा २ पटक प्रयोग गर्ने ।