काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन महामाहारीबाट मरेका पशु चौपायाको तथ्याङ्कमा गम्भीर हेलचेक्र्याइँ गरेको पाइएको छ।
मन्त्रालयले १४ साउन र ३ भदौमा प्रकाशित गरेको तथ्याङ्कमा मरेका पशुहरुको तथ्याङ्क एक हजार २३१ ले सच्याएर सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिरिएको हो।
पशु सेवा विभागले देशभरका जिल्लाका कृषि ज्ञान केन्द्रबाट लिने यस्तो तथ्याङ्क मनपरी संकलन भएको पाइएको पशु सेवा विभागले स्रोतले जनाएको छ। जसका कारण रोग संक्रमण, निदान, मरेका पशु र क्षतिको आंकलन अन्दाजको भरमा हुने गरेको खुलेको हो।
पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले भने सरकारबाट राहत पाइन्छ कि भनेर संख्या थप गरिएको हुन सक्ने आंकलन गरे।