काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका चालिसेमा त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान त्रिशूली नदीमा खसेको हो।