काठमाडौं । डेंगु संक्रमण पुष्टि भएका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।
मन्त्री लिम्बूलाई १०२ ज्वरो आउनुका साथै टाउको दुख्ने, जीउ दुख्ने, वाक वाक लाग्ने जस्ता लक्षण देखिएकोले वीर अस्पतालको नयाँ भवनमा एक महिना अघि सुरु गरिएको भिआइपी कक्षमा उपचार गराई रहेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा.भुपेन्द्रकुमार बस्नेतले बताए।
डा। लिम्बू केही दिन अघि मोरङमा डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किए लगतै स्वास्थ्य समस्या आएकोले वीर अस्पताल आई भर्ना भएका हुन्। उनको उपचार डा ध्रुव गैरेको टिमले गरिरहेको छ।