काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा फिर्ता भएका सम्पूर्ण कर्मचारीहरुको विवरण माग गरेको छ ।
मन्त्रालयले काजबाट फिर्ता भएका सम्पूर्ण कार्मचारीहरुको विवरण ३ दिनभित्र पठाउनका लागि सातै प्रदेशमा पत्राचार गरेको हो ।
मन्त्रालयले सातै प्रदेशमा पत्राचार गरी काजमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई फिर्ता हुनका लागि पटक पटक निर्देशन दिइसकेको छ ।
कतिपय कर्मचारीहरु राजनीतिक पहुँचका आधारमा अझै पनि काजबाट फिर्ता नभएको भन्दै मन्त्रालयले उक्त विवरण माग गरेको हो ।