काठमाडौं । जनस्वास्थ्य निरीक्षक चन्द्रेश्वर मन्डल सेवाबाट बर्खास्त भएका छन् । भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक अन्तर्गत फुल्पिङकट्टी स्वास्थ्य चौकीमा कार्यरत्त उनी फौजदारी कसुरमा अभियोग लागेको व्यक्ति ठहरिन पुगेपछि उनलाई सेवाबाट बर्खास्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले एक सुचना जारी गर्दै उनलाई सेवाबाट हटाएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार लोक सेवा आयोगको उजुरी तथा परामर्श विभागीय सजाय परामर्श शाखाको १६ साउनको प्राप्त परामर्श अनुसार नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा (२) को खण्ड (क) बमोजिम नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरिएको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को देहाय (२) बमोजिम भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको हो ।
