काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंगलबार राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्ने भएका छन् ।
यहिँ मंगलबार राष्ट्रपतिको कार्यालय काठमाडौंमा आयोजना गर्ने गरी तय गरिएको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० मा ओम समाज डेन्टल हस्पिटलका उपाध्यक्ष तथा चलचित्रकर्मी रामेश्वर के.सी चलचित्र दिर्घ सम्मानबाट सम्मानित हुने भएका छन् ।
समारोहमा विभिन्न १० विधामा राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिने चलचित्र विकास बोर्डको बैठकले निर्णय गरेको हो।समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पनि उपस्थिति हुने जनाइएको छ ।
राष्ट्रिय चलचित्र तथा सम्मान समारोह २०८० लाई भव्य एवं प्रभावकारी बनाउने निर्णय भएको सदस्य अधिकारीले जानकारी दिए । ‘अहिले हामी प्राविधिक तयारीमा जुटेका छौं,’ सञ्चारकर्मी समेत रहेका अधिकारीले भने ।
राष्ट्रपतिले हरेक वर्ष राष्ट्रिय चलचित्र पुरस्कार वितरण गर्ने परम्परा छ ।