काठमाडौं । दार्चुलामा आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ।
आइतबार शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेले गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको बताए।
पाण्डेकाअनुसार बैतडीको पाटन पुग्ने बेला साउँदको मृत्यु भएको थियो।