काठमाडौं । कर्मचारी सञ्चय कोषले पती या पत्नी दुवैलाई स्वास्थ्य उपचार सेवा दिने भएको छ ।
सञ्चय कोषले उक्त सेवा विस्तारको कार्यक्रम भदौं ३१ गतेको वार्षिकोत्सव समारोह मार्फत् उद्घाटन गर्ने कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले बताए ।
कर्मचारी सञ्चय कोषको चालु आर्थिक वर्षको बजेटमा उक्त कार्यक्रमलाई विस्तार गर्नका लागि बजेट छुट्याइने उल्लेख गरिएको थियो ।
हाल साधारण बिरामी भएमा सञ्चयकर्ताले अस्पतालमा भएको खर्चका आधारमा १ लाख र घातक रोग लागेमा १० लाख रुपैयाँसम्म यो योजनाबाट पाउँछन् । कोषले योजना विस्तारको घोषणा परेपछि सञ्चयकर्ताको श्रीमान वा श्रीमतीले समेत यस्तो योजनाबाट लाभ उठाउन पाउनेछन् ।