काठमाडौं। भक्तपुरस्थित बाल सुधार गृहमा भएको मृत्युको घटना भएको ८ दिनमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले सम्झौता गरेको छ।
ज्वरोको कारण थलिएका रामेछापका युवकको समयमा उपचार नपाएका कारण मृत्यु भएपछि युवकका परिवारले शव उठाउन मानेका थिएनन्।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेत बाल गृहमा मृत्यु भएको थियो।
भदौ ३ गते मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनावग्रस्त बनेको थियो भने ४ गते मृतकका आफन्तले नाराबाजी र बाल सुधार गृहका बन्दीले विद्रोह गरेर तोडफोड गरी दुई सय २१ जना फरार भएका थिए।