काठमाडौं । कोकमा अखाद्य वस्तु फेला परेपछि काठमाडौं महानगरपालिकाले बिक्रेतालाई कारवाही गरेको छ।
अखाद्य वस्तु भेटिएपछि बागबजारस्थित कालिञ्चोक ट्रेनिङ नेपाललाई महानगरपालिकाले कारवाही गरेको हो।
बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को (ड) घ बमोजिम एक लाख ५० हजार जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ।
उक्त रकम आगामी ७ दिनभित्र अनुगमन समितिको राजस्वमा जम्मा गरी बैक भौचर बुझाउन महानगरले निर्देशन समेत दिएको छ ।