काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको शल्यक्रियाका क्रममा मृत्यु भएको घटनामा मृत्तकका परिवार र अस्पताल प्रशासनबीच ३ बुँदे सहमति भएको छ।
सोमबार भएको वार्तामा आफन्त र अस्पताल प्रशासनबीच तीन बुँदे सहमति भएको हो।
वार्तापछि मृतकका एमबीबीएस अध्य्यनरत छोराको पढाई खर्च ब्यहोर्ने, मृतकको २ छोरीहरुको विवाह खर्च ब्यहोर्ने र उपचारमा संलग्न डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति भएको मृत्तकका आफन्तले जनाएका छन् ।
कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रियाका क्रममा आइतबार मृत्यु भएको ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो ।