काठमाडौं।कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । उनको सोमबार राति मृत्यु भएको बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाले बताए।
रानाका अनुसार खत्रीको उपचारका क्रममा कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारले उपचारका लागि धनगढी लगेका थिए ।
डेंगु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए।