काठमाडौं । गुल्मी अस्पतालमा अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त भएको छ ।
उपचारका लागि अस्पताल ल्याइएकी अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षिया प्रशंसा मरासिनीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
पेटमा सामान्य समस्या आएको भन्दै बालिकालाई अस्पताललाई लगिएको थियो । यद्यपि लगातार वान्ता गरेपछि उनलाई भर्ना गरेर उपचार गराइएको थियो ।
बिरामीका आफन्तले अस्पतालकाको कम्जोरीका कारणले मृत्यु भएकाले भन्दै मृत्युको कारण माग्दै शव उठाउन मानेका छैनन् । बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सको भनाइ छ ।