काठमाडौं । डेंगु उपचारका लागि छुटैं अस्पतालको माग नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका छन्।
डेंगुबाट सुनसरीमा मात्र १४ हजार २६५ जना संक्रमित भएको भन्दै उनले उपचारकालागि विशेष अस्पताल,औषधि र स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले उपचारको अभावमा नागरिकको ज्यान जान नदिन सरकारलाई सचेत हुन आग्रह गरे।‘यो रोगको समुचित प्रबन्ध गर्नका लागि र डेंगु रोगबाट जटिल अवस्थामा पुगेका बिरामीहरुलाई विशेष हस्पिटलको व्यवस्था गरेर उनीहरुको समुचित उपचारका निमित्त सम्बन्धित मन्त्रालयको म सम्माननीय सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने।