काठमाडौं । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले स्कार्पियो गाडी पुरिँदा तीन जनाको मृत्यु भएको छ।
त्यस्तै ७ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।
पहिरोमा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ७ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको स्कार्पियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार चापागाईंले बताए । पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।