काठमाडौं । धुलिखेल अस्पतालले मिर्गौलाको पत्थरी फुटाउन नयाँ प्रविधिको प्रयोग अपनाउने भएको छ।
प्रविधिबारे पत्रकार सम्मेलन गर्दै धुलिखेल अस्पतालले छिट्टो र सहज कम लागतमा अप्रेसन नगरी पत्थरी निकाल्ने प्रविधि अपनाइने जानकारी दिएको छ।
रेट्रोग्रेड इन्ट्रा रेनल सर्जरीबारे जानकारी दिँदै अस्पतालका प्राडा सुमनराज ताम्राकारले मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने नौलो प्रविधिको नाम रिर्स रहेको बताउँदै यस प्रविधिमा अप्टिकल फाइबरयुक्त दूरबिन प्रयोग मुत्रनलीमार्फत पठाएर मिर्गौलाका रहेको पत्थरी पत्तालगाई लेजर प्रविधिबाट मिर्गौलामा रहेको पत्थरीलाई फुटाएर बाहिर निकालिने बताए।
उक्त प्रविधिमा प्रयोग हुने दूरबिन लचिलो खालको भएकोले मूत्र प्रणाली भित्रका बांगाटिंगा नलीमा छिराउन सजिलो हुन्छ । यो इन्डोस्कोप पिसाब खुल्ने प्वालबाट छिराई मिर्गौलासम्म पुयाउन सकिने भएकोले पेटमा कुनै घाउ बनाइराख्नु पर्दैन । डा.ताम्राकार भन्छन्।
मिर्गौलाको पत्थरी व्यवस्थापन मिर्गौलामा पत्थरी समस्या हुँदा विभिन्न तरिकाले व्यवस्थापन गरिँदै आएको छ ।