काठमाडौं । इशान बाल तथा महिला अस्पतालले नि:शुल्क फिजियोथेरापी शिविरको आयोजना गर्ने भएको छ।
आगामी भदों १७ गतेदेखि विश्व फिजियोथेरापी दिवसको अवसर पारेर अस्पतालले तीन दिने स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा रामनन्दन चौधरीका अनुसार अस्पतालको फिजियोथेरापी विभागले सञ्चालन गर्न लागेको उक्त शिविरमा नि:शुल्क परामर्श तथा उपचारको व्यवस्था रहेको छ ।
शिविरमा डा.कृष्ण झाको टिमले स्वास्थ्यसम्बन्धी परामर्श तथा उपचार दिनेछन् । अस्पतालको ओपीडी रहेको स्थलको नं ५मा शिविरको आयोजना हुने बताइएको छ ।
उक्त शिविरसम्बन्धी थप जानकारी लिन चाहनेले ९८१३९४९४४५ मा सम्पर्क गर्न सक्ने अस्पतालका जनरल मेनेजर भक्तबहादुर शाही बताउँछन्।