काठमाडौं । नेपाल सहभागिमूलक कार्य समूह (नेपान) बाट हरेक वर्ष प्रदान गरिने ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ २०८० विकास अभियन्ता तथा लेखिका डा अरुणा उप्रेतीलाई प्रदान गरिने भएको छ।
महिला अधिकारका सवाल तथा पोषणसम्बन्धी बहुआयामिक विषयमा लामो समयदेखि कलम चलाई विभिन्न पुस्तकसमेत प्रकाशन गरेकी उनले नेपाली रैथाने खानाको प्रवद्र्धन गरी पत्रु खाना नियन्त्रण गर्नुपर्नेमा समेत नागरिक चेतना जगाउँदै आएकी छन् ।
भदौ २३ गते काठमाडौंमा हुने नेपानको २९औँ वार्षिक साधारणसभाको अवसरमा उनलाई उक्त पुरस्कार प्रदान गरिने अध्यक्ष डा. अनोज क्षेत्रीले बताए ।