काठमाडौं । वैदेशिक रोजगारीमा गएका कामदारका लागि टेलिमेडिसिन सेवा प्रभावकारी बनेको छ। पछिल्लो ४ महिनामा टेलिमेडिसिन सेवा लिनेहरुको संख्या करिब १ हजार पुगेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरेको थियो ।
बिहान १० बजेबाट यो सेवाको सुरुवात हुन्छ । सार्वजनिक बिदाका दिन बाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने गरेको छ।
साउदी अरेबिया , कोरिया, मलेसिया, जापान, कुवेत लगायत विभिन्न मुलुकमा वैदेशिक रोजगारीका लागि गएकाहरुले टेलिमेडिसिन सेवा लिने गरेका छन्।
सबैभन्दा बढी मलेसियामा वैदेशिक रोजगारीको शिलशिलामा रहेका व्यक्तिहरुले टेलिमेडिसिन सेवा लिएका छन्।