काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको रिक्त रहेको उपाध्यक्ष पदका लागि गत साउन २६ गते विज्ञापन खुलाएको थियो । हालसम्म उक्त पदका लागि ९ जनाले आवेदन दिइसकेका छन् ।
आयोगको उपाध्यक्ष पदका लागि प्रा.डा संगिता सिंह भण्डारी, प्रा.डा सुमन कुमार श्रेष्ठ, डा.प्रविण मिश्र, प्रा.डा पियुस दाहाल र प्रा।डा.विधान निधि पौडेल दरखास्त स्वीकृत भएको छ। यस्तै वर्तमान उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरी, डा. प्रमोदकुमार यादव, डा। अञ्जनीकुमार झा र प्रा।डा मनेनप्रसाद गोर्खालीको आवेदन दिएका छन्।
आयोगको उपाध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र कुनै पनि विधामा कम्तीमा स्नातकोत्तरको उपाधि प्राप्त गरी चिकित्सा शास्त्रको कुनै पनि विषयमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ।
उपाध्यक्ष हुन चाहने उम्मेदवारले ४ वर्षे व्यावसायिक कार्ययोजनासहितको सोच पत्र पेस गर्नुपर्नेछ।