काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द्र केसीले राजनीतिक पहुँचका आधारमा नभई योग्यताका आधारमा सक्षम जनशक्ति छनौट गर्न चिकित्सा शिक्षा आयोगलाई सुझाव दिएका छन् ।
शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै डा.केसीले आयोगलाई उक्त सुझाव दिएका हुन् ।चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि हाल चिकित्सा शिक्षा ऐनबमोजिमको प्रक्रिया चलिरहेको छ।
उक्त प्रक्रियामार्फत सिफारिस समितिले योग्यतम उमेदवारहरुलाई छनोट गर्ने विश्वास हामीले लिएका छौं, डा केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, उमेदवारहरुको सम्पूर्ण पृष्ठभुमि बुझेर आवेदन दिएकामध्ये इमान्दार छवि, र अब्बल कार्यक्षमता भएका तथा कुनै स्वार्थको द्वन्द्व नभएका योग्यतम उमेदवारहरु मात्रै छनोट गर्न र तिनमध्येबाट उपाध्यक्षको नियुक्ति गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं।उनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।