काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिकामा सुत्केरी महिलालाई कोसेली उपहार दिने गरिएको छ ।
पालिकामा संस्थागत सुत्केरी गराउने संख्या शतप्रतिशत पुर्याउन यस्तो व्यवस्था गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी मनमाया ओली शाहीले एक वर्षमा संस्थागत सुत्केरी हुने २१४ जना महिलालाई कोसेली उपहार प्रदान गरिएको बताइन् । ‘उपहारमा मार्सी चामल, घिउ, तेल, अण्डालगायत सरसफाइका सामान दिने गरिएको छ ।’
उनले भनिन्,‘गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी कोसेली दिने गरिएको छ ।’ स्वास्थ्य चौकीमा प्रसूति गराइएकालाई प्रोत्साहन स्वरूप कोसेली उपहार दिइएको शाहीले जानकारी दिइन् ।
‘संस्थागत सुत्केरी संख्या शतप्रतिशत पु¥याउन र पोषणमा सुधार ल्याउन यस्तो व्यवस्था गरेको हो ।’ उनले भनिन्,‘यसले महिलाले गर्भ जाँच गर्नेको मातृ मृत्युदर घटाउने काम गरेको छ ।’