काठमाडौ। बालेन पत्नी सबिना काफ्लेले ९ दिन अघि भैंसीपाटीस्थित मेडिसिटी अस्पतालमा छोरी जन्माएकी थिईन् । बच्चा जन्मेपछि बच्चाको स्वास्थ्यमा समस्या भएको तथा आमाको स्वास्थ्य ठीकै भएकाका कारण उनलाई डिस्चार्ज गरिएको थियो।
अस्पताल प्रशासनका अनुसार अस्पतालमा बालेन पत्नी भर्ना भएदेखिनै उक्त खबर बाहिर नलैजान कडा निर्देशन दिइएको थियो। उहाँका विषयमा कुनै पनि सूचना बाहिर नलैजान कडा निर्देशन छ,स्रोतले भन्यो, बालेन सर पनि कडा भएकाले हामी नबोली बसेका हौं। उहाँको बच्चा जन्मेको त ८/९ दिन अघि नै हो। जुम्ल्याह बच्चा जन्मेकोमा एक जनालाई भने बचाउन सकिएन। अर्को बच्चा पनि एनआइसीयुमा नै हुनुहुन्छ।