काठमाडौं । ईशान बाल तथा महिला अस्पतालको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। अस्पतालको आँखा विभागद्वारा आयोजित उक्त शिविर बसुन्धरास्थित एक्टिभ एकेडेमीमा सम्पन्न भएको हो ।

उक्त शिविरमा उक्त विद्यालयमा अध्ययनरत्त नर्सरीदेखि कक्षा १० सम्मका २११ जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये २० विद्यार्थीहरुलाई दृष्टिदोषको समस्या देखिएको थियो भने ३८ जनामा केहीलाई आँखा पाक्ने तथा अन्य समस्या देखिएको थियो ।

आँखा समस्या आएकाहरुलाई थप उपचारका लागि ईशान अस्पतालमा रेफर गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामानन्द चौधरीले बताए ।अस्पतालले प्रत्येक महिनाको अन्तिम शनिबार नि:शुल्क आँखा शिविरको सञ्चालन गर्दै आइरहेको छ।
