काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनको जिम्मेवारी डा.प्रेणित पोखरेलले पाएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा.मंगल रावलले उनलाई उक्त जिम्मेवारी दिएका हुन् ।
नेपाल मेडिकल काउन्सिलको सदस्य समेत रहेका उनी वरिष्ठ दन्त रोग विशेषज्ञ हुन् । उनको नियुक्ति सँगै खाली रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको डिन पदमा पदपूर्ति भएको छ ।