काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउने पानीको गुणस्तर अनुगमनको कार्य सुरु गरेको छ । महानगरको बजार व्यवस्थापन तथा अनुगमन शाखाले व्यापक जनगुनासो पश्चात् बजार अनुगमनको कार्य सुरु गरेको हो।
पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले पानी भर्न प्रयोग गर्ने जार कुच्चिएको, चुहिने, फोहोर, लेबल नभएको पाइएपछि कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन थालिएको महानगरपालिकाले जनाएको छ। अनुगमनका क्रममा पाइएका जारहरुको अवस्था हेर्दा पानीको गुणस्तरमा समस्या नै समस्या देखिएको कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा अवधेश झाले जानकारी दिए।
पानी बोकेर आउने ११ वटा ट्रिपर रोकेर पानी र जारको अवस्था हेरिएकोमा एउटै मात्र कम्पनीका जार कुनैमा पनि नभेटिएको झाले बताए। भएकामध्ये आधामा लेवल राखिएको र आधामा राखिएको नपाइएको उनले बताए।