काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । गएराति अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेर एक पुरुषको ज्यान गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
परिसर प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन । उनी अन्दाजी ४०/४१ वर्षका देखिन्छन्।बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका उनले माथि तलामा गएर हाम फालेका थिए। उनले किन हाम फाले भन्ने पनि नखुलेको प्रहरीको भनाइ छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।