काठमाडौं । नेपाल नेत्रज्योती संघ र सिबिएमको सहकार्यमा हालसम्म १ करोड २० लाख बढीलाई आँखा उपचार सेवा प्रदान गरिएको छ । सन् १९८२ सालमा नेत्रज्योती संघको आग्रहमा सिबिएमले जर्मनबाट आँखा उपचार सेवा प्रदान गरेको हो ।
नेपाल नेत्र ज्योती संघ र सिबिएम नेपालको सहकार्यको सुरुवात हुनुअघि सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको अवस्था अहिलेसम्म आइपुग्दा घटेर ०.२८ प्रतिशतमा झरेको छ । नेपालले उक्त उपलब्धी प्राप्त गर्नुमा यी दुई संस्थाहरुबीचको सहकार्य महत्वपूर्ण रहेको छ ।
संघका संस्थापक महासचिव एवंम् नेपालको आँखा स्वास्थ्य प्रणालीका परिकल्पनाकार प्रा .डा .रामप्रसाद पोखरेल आँखाबाको आँखा स्वास्थ्य सेवालाई देशैभरी बिस्तार गर्ने योजनालाई मुर्त रुप दिने क्रममा जर्मनबाट आएका डाक्टरलाई पूर्वान्चल विकास क्षेत्रमा आँखा स्वास्थ्य क्षेत्रको विकास बिस्तारका लागि लहानमा पठाइएको थियो ।