काठमाडौं । झापाको दमक वडा नं. १ निवासी डा. प्रज्वल कोइराला वेपत्ता भएको दश दिनमा मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा मंगलबार अपरान्ह लाश फेला परेको हो ।
माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाइ खवर गरेपछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दो जुल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।
रोक्काका अनुसार साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको थियो ।