काठमाडौं । प्रहरी बृत गौशाला द्वारा ओम समाज डेन्टल हस्पिटल चाबहिल सम्मानित भएको छ ।
शान्तिपूर्ण र सुरक्षित समाज निर्माणको लागि समुदाय प्रहरी साझेदारि अबधारणाका साथ कार्यान्वयनमा रहेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा ओम समाज डेन्टल हस्पिटलले पुर्याएको सहभागिता तथा सहयोगको उच्च मुल्याकन गर्दै प्रसंसा पत्र सहित सम्मान प्रदान गरिएको हो ।
बिषेश कार्यक्रममा बोल्दै प्रहरी वृत गौशालाका प्रहरी नायब उपरीक्षक सन्जिब बाबु खड्का ले ओम समाज डेन्टल हस्पिटलको भबिस्यमा समेत समुदाय प्रहरी साझेदारी कार्यक्रममा सदैब सहभागिता तथा सहयोगको अपेक्षा सहित उत्तरोत्तर प्रगतीको कामना गरे ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक सन्जिब बाबु खड्का,हस्पिटलका प्रशासन प्रमुख अजय रेग्मी लगाएत अन्य बिशिस्ट व्यक्ति हरुको समेत सहभागीता रहेको थियो ।