काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी अनुसन्धान परिषद्को लाइसेन्स परिक्षामा ५६.११ उतीर्ण भएका छन् ।
परिषद्ले गत भदौं १५ देखी २० गतेसम्म लिएको परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।
परीक्षामा मास्टर, ब्याचलर र प्रमाणपत्र तीन तहका गरी ५ हजार ५ सय ३७ परीक्षार्थी सहभागी भएका थिए। प्रमाणपत्र तहमा ४ हजार ६ सय ४६ जनाले परीक्षा दिएकोमा २ हजार ७ सय २५ जना पास भएको परिषदले जनाएको छ।
