काठमाडौं । नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा सोलुखुम्बुको नेचा सल्यान प्राथमिक स्वास्थ्य केन्द्रमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त स्वास्थ्य शिविरमा महिलाको स्तन क्यान्सर स्क्रिनिंग, पहिचान , परामर्श तथा पाठेघर झर्ने समस्या पहिचान र उपचार सेवा प्रदान गरिएको थियो । शिविरमा नि:शुल्क रुपमा प्याप स्मेयर परीक्षण समेत गरिएको थियो ।
उक्त शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.अनुसा शर्मा, रेडियोलोजिष्ट डा.महेश पाठक , तथा नर्स रितु श्रेष्ठले सेवा प्रदान गरेका थिए। शिविरमा ४५० जनाले क्यान्सर स्क्रिनिंग सेवा लिएका थिए ।