काठमाडौं। मातृभूमी युवा समाज र प्रादेशिक अस्पताल सिराहाबीच रक्त सञ्चार केन्द्र व्यवस्थापनबारे छलफल भएको छ । रक्त सञ्चार केन्द्र व्यवस्थापनबारे प्रादेशीक अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र यादव सकारात्मक देखिएको थियो ।
व्यवस्थित रक्त सञ्चार केन्द्र अस्पताललाई अतिआवश्यक रहेको प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र यादवले औंल्याए । रक्त सञ्चार केन्द्र व्यवस्थापन गर्न अस्पताललाई खेल्नुपर्ने सकारात्मक भूमिकामा कुनै कसर नराख्ने उनले बताए।
रक्त सञ्चार केन्द्रका लागि कोठा व्यवस्थापन, जनशक्ति व्यवस्थापन, कार्यालय व्यवस्थापन,रक्तदान कार्यक्रममा हुने सामान्य व्यवस्थापन खर्च लगायत अन्य कार्यमा सघाउ पुर्याउने प्रादेशिक अस्पताल सिरहाकी व्यवस्थापक सबनम महतोले बताइन् ।