काठमाडौं। काठमाडौं महानगरपालिका वडा १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निमोनियाका कारण निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ।अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको जनाएको छ।
वडाध्यक्ष रिजालको आज बिहान ७ः३० बजे उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।यसअघि डेंगु संक्रमणबाट रिजालको निधन भएको बताएको थियो। अहिले अस्पतालको आधिकारिक धारणा आएको हो ।
रिजाल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए।