काठमाडौं । कान्ति बाल अस्पतालकी अस्पताल नर्सिङ प्रमुख रोशनी लक्ष्मी तुईतुईलाई राष्ट्रिय निजामती पुरस्कार प्रदान गरिने भएको छ ।
सरकारले निजामती सेवा दिवसका अवसरमा तुइतुईसहित ३० जनालाई पुरस्कार प्रदान गर्न लागेको हो।२०५४ सालदेखि नर्सिङ पेशामा सक्रिय तुइतुई ०५६ सालदेखि सरकारी सेवामा सक्रिय छिन्।
०७४ सालको भदौमा ११औँ तहमा नाम निकालेर उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिकित्सा महाशाखामा प्रमुख नर्सिङ प्रशासकको रूपमा काम गरिन्।