काठमाडौं । त्रिभुवन विश्वविद्यालय अस्पतालमा करारमा ५० जना नर्सं माग गरिएको छ । शिक्षण अस्पताल र केन्द्रहरुका लागि उक्त नर्स माग गरिएको हो ।
संस्थानले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो। इच्छुक नर्सले असोज ५ गतेसम्म आवेदन दिन सक्ने छन्।
