काठमाडौं । उदयपुरमा ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
तामाङले ती महिलालाई बुधवार साँझ उदयपुरको बेलका नगरपालिका ८ धोपास्थित पाखा बारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।