काठमाडौं । नेपाल फार्मेसी परिषद्ले लिएको फार्मासिष्टको नाम दर्ता परीक्षामा ७६ प्रतिशत फेल भएका छन् ।
उक्त परीक्षामा २३ दशमलव ९८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका हुन्। परिषद्का रजिष्ट्रार सञ्जिव पाण्डेका अनुसार परीक्षामा ८६७ जनाले आवेदन दिएका थिए।
जसमध्ये ८३४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये २०० जना मात्र उत्तीर्ण भएका हुन्।