काठमाडौं । कान्तिपुर डेन्टल कलेजको प्राविधिक सहयोगमा डेन्टल क्याम्प सम्पन्न भएको छ ।
जाल्पाचोक बानियाँटारस्थित हिमालयन भ्याली स्कुलमा कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा बिएम फाउन्डेशन र रोटरी क्लब अफ काठमाडौं नर्थको सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।
कान्तिपुर डेन्टल कलेजले विभिन्न शैक्षिक संस्थामा डेन्टल क्याम्प गर्दै आइरहेको छ। 